जनयुद्ध दिवस मनाउदै मावोवादीहरु

२०५२ साल फागुन १ गते  दीर्घकालीन जनयुद्ध शुरु गरेको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी मावोवादी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ,गोपाल किराती नेतृत्वको नेकपा (मावोवादी केन्द्र) लगायतका मावोवादी दल तथा समूहहरु विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाइरहेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध र जनान्दोलनका शहीदहरुको सम्झनामा आज कार्यक्रम गर्ने बताएको छ तर जनयुद्धलाई मनैदेखि स्वीकार गर्न अफ्ठ्यारो मान्नेहरु पनि त्यहाँ देखिएको छ ।

यसैगरी सो पार्टीका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल(क्रान्तिकारी) ले जनयुद्ध र जन आन्दोलनका शहीदहरुको सम्झना गरी कार्यक्रम गर्ने र आज बेलुका दीप प्रज्वलन गर्ने बताएका छन् ।

२०५२ सालमा जनयुद्धमा शुरु गरेको नेकपा (मावोवादी) यतिबेला विभाजन भएर विभिन्न पार्टी तथा समूहमा क्रियाशील छन् । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (मावोवादी केन्द्र) र नेकपा (एमाले) वीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ भने डा.बाबुराम भट्टराईको समूहले कम्युनिष्ट इतरका समूहलाई मिलाएर नयाँ शक्ति पार्टी निर्माण गरेर कम्युनिष्ट आन्दोलनबाट अलग भएको घोषणा ग-यो । त्यस्तै वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य सहित जनयुद्ध शुरु गर्ने उद्घोष गरी विप्लव नेतृत्वमा नेकपा मावोवादी बनेको थियो , जो यतिबेला नेपाल कम्युनिष्ठ पार्टीका नामबाट आफ्नो गतिविधि गरिरहेको छ ।

२०५२ सालबाट २०७५ सालसम्म आई पुग्दा नेपालमा मावोवाद मान्ने आधा दर्जनभन्दा बढी कम्युनिष्ट पार्टी तथा समूह क्रियाशील रहेको देखिन्छ । तिनीहरु वीच  क्रान्तिको कार्यदिशा लगायतका बारेमा मतभेद देखिन्छ ।

Leave a Reply