प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले हिजो शुभारम्भ गर्नु भएको’प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई धेरैले सकारात्मक रुपमा लिएको देखिन्छ । यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा नागरिकहरुले उत्सुकताका साथ हेरिरहेको बताइरहेका छन्। श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा अगाडि बढाइएको यो कार्यक्रमले कृषि , पर्यटन सहित १३ वटा सेक्टरलाई समेटेको बताइएको छ । रु.३ अरव ५ करोड खर्च हुने यस कार्यक्रमले बेरोजगार नागरिकलाई कम्तीमा सय दिन रोजगारी दिने तर यदी रोजगारी दिन नसकेमा सय दिन बराबरको ५० प्रतिशत भत्ता रु.२२,४१७ प्रदान गर्ने बताइएको छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरिने यस कार्यक्रमबाट ५ वर्षभित्र करिव ७ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम रहेको बताइएको छ । स्थानीय तहमा कार्यालय स्थापना गरी आउदो चैत महिनाभरी बेरोजगार युवाहरुको निवेदन आह्वान गरिने  जनाइएको छ । इच्छुक आवेदकले सम्वन्धित वडा कार्यालयको सिफारिस आवेदनका साथ पेश गर्नु पर्ने छ ।

यो कार्यक्रम आफूहरुसँग समन्वय नगरी ल्याइएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले यस कार्यक्रमप्रति गुनासो गरेको  सुनिएको छ ।

यता सरकारले चिनी मिल मालिक र उखु किसान वीचको समस्या समाधान गर्न छाडेर विदेशबाट उखु आयात गर्न दिने निर्णय गरेर नेपाली उखु किसानलाई उखु खेतीबाट विस्थापित गर्न लागेको बताउने र  वर्षभरीमा सय जना कामदार पनि विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत खारेज गर्ने विधेयक संसदमा दर्ता प्रक्रियामा लगेर तिनीहरुलाई बढी नेपाली कामदार विदेश पठाउन दवाल सिर्जना गरेको भन्नेहरुले यो ‘ प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी हुनेमा आशंका व्यक्त गरिरहेको देखिएको छ ।

Leave a Reply