आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खडागप्रसाद शर्मा ओली नेतृत्वको सरकार बनेको भोलि १ वर्ष पुग्दैछ । २०७४ साल फागुन ३ गते तत्कालीन नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता ओली दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्नु भएको थियो।

यसै सन्दर्भमा आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय श्रोतले जनाएको छ ।
