चैत अगाडि नै स्व.वि.यु. चुनाव गर्नु पर्ने शिक्षा मन्त्रीको जोड , त्रि.वि. स्व.वि.यु. चुनावका लागि समिति गठन
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही चैत महिना अगाडि नै स्व.वि.यु. चुनाव सम्पन्न गर्नु पर्ने बताउनु भएको छ ।। आजको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको सवालको जवाब दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
यता त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष सुधा त्रिपाटीको नेतृत्वमा ७ सदस्यीय स्व.वि.यु. निर्वाचन समन्वय तथा निरीक्षण समिति गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जुम्ल्याहा विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्व.वि.यु. चुनावको मिति घोषणा गर्न दवाव दिन त्रि.वि. केन्द्रीय कार्यालय , कीर्तिपुर , काठमाडौंमा आज घेराउ गरिरहेको बेला सो घोषणा गरिएको हो ।
