ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २४ औँ वार्षिक साधारणसभा आज , संघको नयाँ नेतृत्वको लागि रामशरण घिमिरे र रामहरि बजगाईको छुट्टा छुट्टै प्यानल भिड्दै

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४औँ वार्षिक साधारणसभा आज कुप फुडल्याण्ड वैंकेट थसिखेल , ललितपुरमा हुँदैछ । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको सो संघका व्यवस्थापक सन्तोष बजगाईको भनाई छ । आजै दिउशो संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुदैछ । निर्वाचन सकिएपछि आजै मतगणना गरी नतिजा सार्वजनिक गरी विजेता उम्मेद्वारहरुलाई पद तथा गोपनीयताको सफथ गराउने कार्यक्रम रहेको बताइएको छ ।

नयाँ नेतृत्वको लागि संघका वर्तमान अध्यक्ष रामशरण घिमिरे र वर्तमान सचिव तथा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक सदस्य रामहरि बजगाईको नेतृत्वमा छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा खडा भएका छन् । सचिवमा भने रामशरण घिमिरे पनि स्वतन्त्र उम्मेद्वारी दिनु भएको छ । सो संघको२ कार्यकाल  अध्यक्ष भएर  कार्य सम्पादन गर्नु भएका रामशरण घिमिरेको यो तेस्रो कार्यकालको लागि अध्यक्ष पदको उम्मेद्वारी हो भने सो संघमा २ कार्यकाल सचिव भएर काम गर्नु भएका  रामहरि बजगाईको यो अध्यक्ष पदको  पहिलो कार्यकालका लागि उम्मेद्वारी हो । यो संघमा पनि वित्तीय कारोवार हुने भएकोले यसमा सबै पक्षलाई समेटेर सर्वसम्मत नेतृत्व चयन हुनु पर्ने आवाज उठिरहेको बेला घिमिरे र बजगाईकोो नेतृत्वमा छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा खडा भएको प्रति असन्तुष्टिका स्वरहरु पनि सुनिएका छन् । अध्यक्ष पदका दुवै उम्मेद्वारले नयाँ नेतृत्व सर्वसम्मत बन्न नसकेर चुनाव हुने अवस्था बन्नुमा एकले अर्कालाई दोष लगाउनु भएको छ । सो संघका अध्यक्ष घिमिरेले रामहरि बजगाई यो संघभन्दा माथिल्लो निकाय राष्ट्रिय सहकारी बैंक लि. को सञ्चालक सदस्यमा निर्वाचित हुनु भएकोले उहाँले यस संघको अध्यक्षमा उम्मेद्वार  बन्न उपयुक्त नभएको र उहाँ नै सहमती बाधक भएकोले ललितपुरका बचत तथा ऋण सहकारी संस्थाहरुका साथीहरुको चाहना अनुरुप आफू अध्यक्ष पदमा पुन: उम्मेद्वार भएको बताउनु भएको छ । यता सो संघका सचिव रामहरि बजगाईले यो संघमा आफ्नो रहरले भन्दा पनि आवश्यकताले आफू अध्यक्षको उम्मेद्वार बनेको र यदी बर्तमान अध्यक्षले वर्तमान उपाध्यक्षलाई अध्यक्ष बनाउन खोजेको भए म आफू अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा नगरी उहालाई समर्थन गर्ने थिएँ तर त्यसो नभएर वर्तमान अध्यक्ष रामशरण घिमिरेले यो संघको अध्यक्ष पदलाई आफ्नो पेवा नै जस्तो बनाउन खोजेर उहाँ सहमतीको बाधक हुनु भएकोले आफू अध्यक्ष पदमा उम्मेदार बनेको बताउनु भएको छ । रामशरण घिमिरेको प्यानललाई विशेष गरी प्रतिपक्षी दल नेपाली काँग्रेसको साथ र समर्थन छ भने रामहरि बजगाईको प्यानललाई विशेष गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साथ र समर्थन रहेको देखिन्छ ।

Leave a Reply