चिकित्सा शिक्षा विधेयकमा राष्ट्रपतिद्वारा लालमोहर
संघीय संसदको दुबै सदनबाट पारित चिकित्सा शिक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , संकटापन्न बन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई सम्शोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज लालमोहर लगाउनु भएको जानकारी प्राप्त भएको छ । जसका कारण आजबाट ती विधेयकहरु ऐन बनेका छन् ।
