पुराना कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठको निधन
कम्युनिष्ट आन्दोलनका नेता , मार्क्सवादी लेखक , अनुवादक तथा जीवनको उत्तरार्धमा पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का सल्लाहकार रहनु भएका

कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा हिजो दिउसो १:४० बजे काठमाडौंको शंखमूलमा रहेको उहाँको आफ्नै निवासमा निधन भयो । नेपालको कम्युनिष्ट आन्दोलनमा निष्ठा र आदर्शलाई आत्मसाथ गरी महत्वपूर्ण योगदान गर्नु भएका नेता श्रेष्ठद्वारा लिखित तथा अनुवादित मार्क्सवादी पुस्तकहरुका साथै दर्जनौँ लेख रचनाहरु प्रकाशित भएका छन् ।
उहाँको निधनमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण , नेता रामसिंह श्रीस , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , उपाध्यक्ष लोकनारायण सुवेदी लगायतका विभिन्न कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले शोक प्रकट गर्नु भएको छ । उहाँको निधनको खवर पाए लगत्तै गृहमन्त्री रामबहादुर थापा उहाँको निवासमा पुगी शोक प्रकट गर्नु भएको थियो ।
