स्व.वि.यु. चुनाव बैशाखमा !
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ सालको बैशाख अन्तिम हप्तामा गर्ने योजना बनाइरहेको जनाएको छ । फागुन १४ गते सम्पन्न हुनु पर्ने स्व.वि. यु. निर्वाचन सो मितिमा सम्पन्न हुन नसक्नुमा अर्थोक जे सुकै बताइए पनि यथार्थमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तिकारी वीचको एकता प्रक्रिया सम्पन्न हुन नसकेको अवस्था र नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादकानै जिम्मेवार रहेको देखिन्छ । यहीकारण आउदो बैशाखमा पनि स्व.वि.यु. चुनाव हुने सम्भावना अति नै कम छ । त्यसमा पनि त्रि.वि. विभिन्न तहका परीक्षा शुरु हुने अवस्था रहेकोले २०७६ सालको मंसिर अगाडि स्व.वि.यु. चुनावको सम्भावना अति न्युन देखिन्छ ।
