ला लिगामा बार्सिलोनाको जीत , गरे मेसीले ह्याट्रिक

स्पेनिस ला लिगा फुटवल प्रतियोगिता अन्तर्गतको गए राती भएको खेलमा वार्सिलोनाले सेभियालाई ४-२ गोल पराजीत ग-यो । सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीले २६ , ६८ र ८५ औँ मिनेटमा गोल गरी आफ्नो ५०औँ ह्याट्रिक पूरा गरे भने बार्सिलोनाका लागि थप एक गोल खेलको अन्तिम समयमा लियोनल मेसी कै पासमा लुइस स्वारेजले गरेका थिए । खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्ता सेभिया पराजीत भएको थियो । सेभियाका लागि २२ मिनेटमा जेसस नाभास र ४२औँ मिनेटमा ग्रवियल मेकार्डाले गोल गरेका दिए ।

यस जीतसँगै बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ भने समान खेल खेलेको सेभियाकोसेभियाको ३७ अंक छ ।

 

 

पेरिस सेन्ट जर्मनको जीतमा केलिन एम्वाप्पेको २ गोल

 

यता गए राती भएको लिग वान बुटवल प्रतियोगितामा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मनले निम्सलाई ३-० गोल अन्तरले पराजीत गरेको छ । पेरिस सेन्ट जर्मनको जीतमा किस्टो नेकन्कुले ४० औँ र

केलियन एम्बाप्पेले ६८ र ८९ औँ गोल गरेका थिए । यस जीतसँगै पेरिस सेन्ट जर्मन (पी.एस.जी.) ले २५ खेलबाट ६८ अंक बटुलेको छ भने निम्सको ३६ अंक छ ।

 

चेल्सीलाई नयाँ खेलाडी भित्र्याउन फिफाको प्रतिवन्ध

 

इंलिस क्लव चेल्सीले १८ वर्ष मुनिका खेलाडी भित्र्याएको भन्दै फिफाको अनुशासन समितिले उसलाई सन २०२० सम्म नयाँ खेलाडी ट्रान्सफरमा प्रतिवन्ध लगाएको सञ्चार माध्यमहरुले जनाएका छन् । यो प्रतिबन्धसँगै फिफाको अनुशासन समितिले चेल्सीलाई ६ लाख स्वीस् फ्र्यांक जरिवाना पनि गरेको छ । फिफाको प्रतिबन्ध र जरिवानाले मारमा परेको चेल्सीले भने अपील गर्ने बताएको समाचारमा जनाइएको छ । चेल्सीका स्ट्राइकर इडन हाजार्डले सो क्लव छोड्ने घोषणा गरिरहेको बेला नयाँ खेलाडी भित्र्याउन प्रतिबन्धले चेल्सी समस्या परेको बताइएको छ ।

Leave a Reply