मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि क्रान्तिकारी तथा देशभक्तहरु वीच सहकार्य आवश्यक छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले खड्ग ओली नेतृत्वको बर्तमान सरकारले एक वर्षको अवधिमा पूर्ववर्ती सरकारहरुले भन्दा खासै भिन्न काम गर्न नसकेको र सरकारको गतिविधिका कारण देशमा महङ्गी ,भ्रष्टाचार , कमिसनतन्त्र र दण्डहीनता मौलाइरहेको साथै देशको राष्ट्रियता कमजोर भएकोले राष्ट्रिय स्वाधीनताको रक्षा र अग्रगमनको लागि क्रान्तिकारी तथा देशभक्तहरु वीचमा सहकार्य आवश्यक रहेको बताउनु भयो । काठमाडौंको कपनस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा हिजो आयोजित अखिल नेपाल महिला यूनियनको ३ नं. प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुदै उहाँले ‘समाजमा शोषित तथा उत्पीडित महिला दिदी बहिनीहरू संगठित भई महिला मुक्तिका निम्ति न्यायपूर्ण संघर्ष अगाडि बढाउन सकेमा मात्रै महिला मुक्तिका साथै सामाजिक शोषण र उत्पीडन अन्त हुन्छ’ भन्नभयो ।  त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य रत्नप्रसाद जोशीले समाजमा शोषित र उत्पीडित वर्ग तथा समुदाय एक भई वर्गीय तथा सामाजिक मुक्तिको निम्ति शसक्त ढंगबाट संघर्ष अगाडि बढेमा मात्रै समाज रुपान्तरण हुने बताउनु भयो भने सो दलका अर्का सचिवालय सदस्य  कृष्णहरि भट्टले २०६२/६३ को जनान्दोलन पछि मुलुकको उपरी संरचनामा परिवर्तन भए पनि आधारभूत तहमा भने खासै परिवर्तन हुन नसकेको बताउनुभयो ।

भेलाको अधयक्षता गर्दै अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीले  ‘कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्त सहितका धेरै वालिकाहरु लगायत महिलाहरु माथि दिनप्रति दिन हत्या ,  बलात्कार जस्त महिला हिंसाका जघन्य आपराधिक घटनाहरु देशमा बढिरहेको तर नेपाल सरकार पीडितलाई न्याय र दोषीलाई कारवाही गर्नुको सट्टा दोषीको रक्षा कवच बनिरहेको भन्दै त्यसको भत्सर्ना गर्नु भयो । सो यूनियनकी महासचिव रीता कार्की बस्नेतले स्वागत र केन्द्रीय सचिवालय सदस्य शोभा सञ्जेलले सञ्चालन गर्नु भएको सो भेलाले रमा अर्यालको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला यूनियनको ३ नं. प्रदेश समिति गठन गरेको छ । समितिको सचिवमा जानुका सञ्जेल , कोषाध्यक्षमा गीता राई र सदस्यहरुमा देवकी थापा , आयुशा राई , जौमाया तामाङ , मञ्जु सारु मगर , जुना चन्द ठकुरी , रिङ्की रौनियार , भुवनेश्वरी तण्डुकार र सुजना महत रहनु भएको सो संगठन श्रोतले जनाएको छ  छ ।

Leave a Reply