ग-यो दृष्टि विहीन संघले सांस्कृतिक कार्यक्रम , दृष्टि विहीनको आवाजले दर्शक लट्ठ

काठमाडौंको कोटेश्वर चोकको सडकमा हिजो दृष्टि विहीन संघले सांस्कृतिक कार्यक्रम ग_यो । कार्यक्रममा दृष्टि विहीन कलाकारहरुले स्थापित गायक गायिकाहरुले गाएका लोकप्रिय गीतहरु गाएर दर्शकलाई लट्ठ बनाएको देखिन्थ्यो । उनीहरुले प्रस्तुत गरेको कलाबाट खुशी भएर दर्शकहरुले उनीहरुलाई सकेको आर्थिक दक्षिणा पनि प्रदान गरेका थिए ।

उनीहरूले प्रस्तुत गरेको कला देख्ता अवसर पाएमा दृष्टि विहीनहरु पनि साङ्ग मानिसहरुभन्दा कम नहुने सन्देश प्रवाह गरिरहेको महशुस हुन्थ्यो ।

विगत केही वर्षदेखि मानिसहरुको बाक्लो उपस्थिति हुने काठमाडौं उपत्यकाका चोकहरुमा दृष्टि विहीनहरुले गीत गाएर जीविकोपार्जन गर्ने माध्यम बनाएको पाइन्छ ।

Leave a Reply