गुडविल फाइन्स लि. को खुद नाफा रु.६,५०,०९,०३६

गुडविल फाइनान्स लि. (वित्तीय संस्था) ले रु.६ ,५०,०९, ०३६ खुद नाफा गरेको छ । मिति २०७५ फागुन १० गते  गुडविल कम्प्लेक्स हात्तीसारमा सम्पन्न गुडविल फाइनान्स लि. को २४औँ वार्षिक साधारणसभाको अवसरमा सो जानकारी दिइएको हो । सो फाइनान्सका सञ्चालक समितिका अध्यक्ष राजाराम जोशीकी माइली आमाको निधन भएका कारण  निजको अनुपस्थितिमा सञ्चालक समिति सदस्य स्वर्गमान सिंहले प्रस्तुत गर्नु भएको त्यस संस्थाको  प्रतिवेदन सो साधारणसभाले छलफल  गरी पारित गरेको सो संंस्थाले जनाएको छ । सो प्रतिवेदनमा ०७५ पौष मसान्तसम्म संस्थाको निक्षेप रु.६,२६,३१,७२,०४८ र कर्जा प्रवाह रु.५,३७,५८,१६,८३७ रहेको र यस संस्थाले आफ्ना शेयरधनीहरुलाई कर सहितको ५.२६३ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको उल्लेख छ ।

सो प्रतिवेदनमा संस्थाले आधुनिक बैंकिङ्ग प्रणालीसँग सूचना तथा प्रविधिको विकास गर्दै हाल इलेक्ट्रोनिक्स माध्यमबाट हुने बैंकिङ्ग (E-BANKING) तथा ATM सेवाहरु प्रदान गर्ने संस्थाको उत्तरोतर प्रगति तथा समृद्धिका लागि शाखा कार्यालयको सञ्जाल हाल केन्द्रीय कार्यालय हात्तीसार , डिल्लीबजार , इन्द्रचोक , त्रिपुरेश्वर , कुमारीपाटी , भक्तपुर , विर्तामोड , इलाम , फिक्कल , फिदिम , वर्दीवास , बुटवल , दाङ्ग , नेपालगञ्ज समेत गरी १४ स्थानबाट सेवा सुविधा पु-याउदै आइरहेकोमा निकट भविष्यमा नवलपुर र धनगढीमा शाखा विस्तार गर्न लागेको उल्लेख गरिएको छ ।

 

Leave a Reply