मुक्तिनाथ विकास बैंकको एकै दिन तीन शाखा विस्तार

0 Shares

आधुनिक बैंकिङ्ग , ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंक लि. ले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा  हालै कास्की जिल्लाको अमरसिंह चोक , जिरो कि.मी. तथा लामाचौरमा गरी एकै दिन तीन शाखा कार्यालय विस्तार गरेको सो बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । सो बैंकको  जिरो कि.मी. शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्ग , अमरसिंह चोक शाखाको उद्घाटन गण्डकी प्रदेशका प्रदेशसभासद मानबहादुर  गुरुङ्ग र लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १६ का अध्यक्ष जीवन आचार्य र वडा नं. १९ का शोभा मोहन पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

 

मुक्तिनाथ विकास बैंक लि. को शाखा उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला  मन्त्री किरण गुरुङ्गले बैंकले स-साना उद्योग गर्ने व्यवसायीका साथै ठूला-ठूला उद्योगपतिहरुलाई सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले यस क्षेत्रका जनतालाई सरल , सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड दिनु हुँदै  बैंकको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस्तै सो प्रदेशका प्रदेशसभासद  मानबहादुर गुरुङ्गले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय प्रवर्द्धनमा जोड दिनुभयो । त्यसैगरी पोखरा महानगरपालिका वडानं.१६ का अध्यक्ष जीवन आचार्य र वडा नं. १९ का शोभा मोहन पौडेलले जनता बैंकमा होइन , बैंक जनतामा जानु पर्दछ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बनोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दै सो बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको बर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनु पर्ने तथा गर्नु पर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताउनु भयो । यस बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताका रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्न प्रतिवद्ध रहेको उहाँको भनाई थियो । कार्यक्रममा बैंकका ब्राण्ड एम्बेस्डर तथा कलाकार सीताराम कट्टेल (धुर्मुस) लगायतले बैंकको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply