ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को साधारणसभाको तयारी अन्तिम चरणमा , संघको नेतृत्वका लागि घिमिरे र बजगाईको छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा खडा

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आउदो फागुन १८ गते हुने २४औँ वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको सो संघका अध्यक्ष रामशरण घिमिरेले बताउनु भएको छ ।

सो संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामशरण घिमिरे र सचिव तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सदस्य रामहरि बजगाईको नेतृत्वमा छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा खडा भएका छन् ।

सचिव पदमा मात्रै रामशरण घिमिरेको स्वतन्त्र उम्मेद्वारी रहेको छ। दुबै प्यानलका उम्मेद्वारहरुले आफ्नो विजय सुनिश्चित भएको बताउनु भएको छ । संघको अध्यक्ष पदमा

रामशरण घिमिरे र रामहरि बजगाई , वरिष्ठ उपाध्यक्ष पदमा जगतलाल महर्जन र करुणारत्न बज्राचार्य , महिला उपाध्यक्ष पदमा लजना श्रेष्ठ , लक्ष्मी शाक्य , सचिव पदमा शशी खड्का , श्यामकृष्ण महर्जन र रामशरण घिमिरे , कोषाध्यक्ष पदमा विमुशोन शाक्य र दीपक घिमिरे र सदस्य पदमा नवराज सिवाकोटी , रुपेश तिमिल्सिना , सुशिलचन्द्र घिमिरे , सानुकाजी महर्जन , श्यामप्रसाद बजगाई , वशन्त माली , बद्रीप्रसाद सञ्जेल , कृष्ण श्रेष्ठ , नरेश महर्जन , रमेशकुमार सिलवाल , जयकृष्ण बोगटी , किशोर घिमिरे , सारनाथ महर्जन , भुषणनाथ शर्मा , राजकृष्ण महर्जन , श्यामबहादुर बस्ताकोटी , रामगोपाल महर्जन , धन रिसाल (घिमिरे) , नरेन्द्र महर्जन , उज्वला बज्राचार्य शाक्य , गणेश कुँवर , प्रकाश महर्जन र सरिता अवाले रहनु भएको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा अशोक महर्जन र राजु तण्डुकार तथा लेखा सुपरिवेक्षण समिति सदस्य पदमा राजेन्द्र घिमिरे , दिनेश सिंह , चन्द्रबहादुर महर्जन र जितेन्द्र महर्जन उम्मेद्वार रहनु भएको छ ।

घिमिरे र बजगाईको नेतृत्वमा छुट्टाछुट्टै  प्यानल बनेसँगै जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालले घिमिरेको र उपाध्यक्ष रामशरण बस्नेतले बजगाईको प्यानललाई सहयोग गरिरहनु भएको छ ।

 

Leave a Reply