पूर्व सांसद गणेश पण्डितको निधन

भूतपूर्व सांसद गणेश पण्डितको हिजो हृदयघात भई ७२ वर्षको उमेरमा निधन भएको छ ।

२०४८ सालको संसदीय निर्वाचनमा नुवाकोटको क्षेत्र नं. २ बाट निर्वाचित पण्डित २०५६ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा(माले) का तर्फबाट सोही क्षेत्रमा उम्मेद्वार बने पनि पराजीत बन्नुभएको थियो ।  उहाँका श्रीमती , तीन छोरा र तीन छोरी हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भएपनि सो दलको क्रियाकलापबाट असन्तुष्ट उहाँ पछिल्लो समयमा त्यत्ति सक्रिय हुनुहुन्न थियो । गएको आइतबार दिवंगत पूर्व उप-प्रधानमन्त्री भरतमोहन अधिकारीलाई श्रद्धाञ्जलि दिएर नुवाकोट गएका पण्डितलाई हृदयघात भएपछि उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटामै उहाँको चोला सकिएको बताइएको छ ।

पूर्व सांसद पण्डितका अलवा मार्क्सवादी लेखक तथा अनुवादक समेत रहनु भएका नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता एवं नेकपा (क्रान्तिकारी -माओवादी) का सल्लाहकार  कृष्णदास श्रेष्ठ , पूर्व उप-प्रधानमन्त्री भरतमोहन अधिकारी , संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी तथा प्रदेश नं. ५ प्रदेश सभासद उत्तरकुमार ओलीको यसै महिनाभित्र निधन भयो ।

 

Leave a Reply