सुखानीका शहीदहरुको सम्झना

नेपाल कम्युनिष्ट पार्टीको कोशी प्रान्तीय कमिटि अन्तर्गतको झापा जिल्ला कमिटिले कोशी प्रान्तीय कमिटिसँग सम्बन्ध विच्छेद गरी भारतको नक्सालबाडीमा चारुमजुमदारको नेतृत्वमा भइरहेको शसस्त्र विद्रोहबाट प्रभावित भई शुरु गरेको २०२७/२८ को  शसस्त्र झापा  विद्रोहका क्रममा पक्राउ परेका नेत्र घिमिरे , रामनाथ दाहाल , कृष्ण कुइकेल , वीरेनसिंह राजवंशी र नारायण श्रेष्ठलाई झापाको चन्द्रगढीबााट  इलाम जेल सार्ने निहुँमा २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सरकारले हत्या गरेको सम्झनामा हरेक वर्ष फागुन २१ गते उहाँहरुको सम्झना गर्ने गरिएको छ । उहाँहरुको हत्या गरिएको ठाउँमा पार्क र शालिक बनाइएको छ । सुखानीका शहीदहरुको स्मृतिमा  हिजोो कार्यक्रमहरु भएका थिए ।

चीनीया कम्युनिष्ट पार्टीको अध्यक्ष क. माओ हाम्रो पनि अध्यक्ष , दुश्मनको रगतले हात नरंगिएसम्म क्रान्तिकारी हुइदैन भन्ने मान्यता अनुरुप त्यसबेला ‘वान एरिया , वान युनिट , वान स्क्वायर , वान एक्सन’को नीति अनुरुप वर्ग शत्रु खतम गर्न जन कारवाही गरिएको त्यसबेलाको आन्दोलनलाई नजिकबाट बुझेकाहरुको कथन छ । त्यो आन्दोलनका क्रममा धर्मप्रसाद ढकाल , उहाँका छोरा ज्ञानेन्द्र ढकाल लगायतको ज्यान गएको थियो । राष्ट्रिय पञ्चायतका सदस्य हुनु भएका धर्मप्रसाद ढकाल र उहाँका माइला छोरा ज्ञानेन्द्र ढकाललाई भने क्रान्तिकारीको छद्म भेषमा पञ्चले नै हत्या गरेको भन्ने भनाई पनि सुनिन्छ ।

सो झापा विद्रोहका नेताहरु खड्गप्रसाद शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्छ भने सी.पी. मैनाली . आर.के. मैनाली लगायतका नेताहरु राज्यको उच्च पदमा पुगे पनि झापा विद्रोहका  कतिपय योद्धाहरु तथा तिनका परिवारको अवस्था दयनीय देखिन्छ । त्यही आन्दोलनको जगबाट विकास भएर बनेको अहिलेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र तिनका नेता – कार्यकर्ताले त्यो आन्दोलनको मर्म र भावना विर्शेको भन्ने आवाज  सुन्ने गरिएको छ ।

Leave a Reply