एटीएम (ATM) बाट खानेपानी सेवा शुरू

ललितपुर महानगरपालिका कार्यालय , पल्चोकको प्राङ्गडमा हिजो नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री विना मगरले खानेपानीको एटीएम (ATM) सेवाको शुभारम्भ गर्नुभयो । ललितपुर महानगरपालिका , काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेशनल कम्पनी लि. वीच सञ्चलनको त्रिपक्षीय सम्झौता भए अनुरुप सो वाटर मेसिनको जडान ललितपुर महानगरपालिका कार्कोयालय प्राङ्गडमा जडान गरिएको बताइएको छ ।
त्यस अवसरमा खानेपानी तथा सरसफाई मन्त्री मगरले नयाँ प्रविधि मार्फत खानेपानी वितरण शुरु भएकोमा खुशी व्यक्त गर्दै यसले वटुवा लगायतका प्हयासीरुको तिर्खा मेट्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले काठमाडौं उपत्यका खानेपानी व्यस्थापन बोर्डलाई खानेपानीको गुणस्तार सुधारमा ध्यान दिन निर्देशन दिनुभयो ।
नेपालमा यो नौलो प्रविधि भएको उल्लेख गर्दै काठमाडौं उपत्यकाका २० स्थानमा यो एटीएम प्रविधिबाट खानेपानी वितरण गर्ने सो वोर्डले जनाएको छ । रु. को २ को क्वाइन वाटर एटीएम मेसिनमा छिराएपछि धाराबाट २०० मिली लीटर पानी झर्ने व्यवस्था गरिएको बताइएको छ । १ लीटर पानीको रु.१० मुल्य निर्धारण गरिएको छ ।
यता यो नयाँ प्रविधि मार्फत खानेपानी वितरण शुरु हुनु खुशीको कुरा भएपनि खानेपानीको मुल्य बढी भएकोले यसको पुनर्मुल्यांकन गर्नु पर्ने आवाज पनि उठिरहेको छ ।
वाटर एटीएमलाई नेपालीमा भने ‘पधेरो’ नामाकरण गरिएको त्यस अवसरमा जानकारी दिइयो ।