मुक्तिनाथ विकास बैंक लि. को बनेपा र थिमिमा शाखा विस्तार

मुक्तिनाथ विकास बैंक लि. ले हिजो काभ्रेपलाञ्चोक जिल्लाको बनेपा र भक्तपुर जिल्लाको थिमिमा थप शाखा विस्तार गरेको छ ।

बनेपा नगरपालिकाका मेयर लक्ष्मी बादे श्रेष्ठले बनेपामा

सो बैंकको शाखाको उद्घाटन गर्नु भयो । त्यस अवसरमा उहाँले मुक्तिनाथ विकास बैंक लि.को यस शाखा विस्तारले बनेपाको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले

थिमिमा सो बैंकको शाखा उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सबैले बैंकमा खाता खोली बैंक मार्फत कारोवार गर्नु पर्नेमा जोड दिनुभयो ।

यसैगरी केही दिन अगाडि एकै दिन कास्की जिल्लाका विभिन्न तीन स्थानमा सो बैंकका शाखा विस्तार भएका थिए ।

हिजो बनेपा र थिमिमा २ शाखा विस्तारसँगै यसका ११४ वटा शाखा , २० वटा एटीएम (ATM) सेवा , अत्याधुनिक बैंकिङ्ग , लघुवित्त तथा ग्रामीण बैंकिङ्ग सेवा  सञ्चालनमा रहेको र सो मार्फत देशभर ६ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको सो बैंकले जनाएको छ ।

Leave a Reply