माछापुछ्रे बैंक लि. र आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि.बीच भयो बीमा सम्झौता
माछापुछ्रे बैंक लि. र आई.एम.ई.(IME) लाइफ इन्स्योरेन्स क.लि. बीच बीमा सम्झौता भएको छ । माछापुछ्रे बैंक लि. का उप-प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र आई.एम.ई.(IME) लाइफ इन्स्योरेन्स क. लि.का सहायक महाप्रवन्धक आशिष सिंह बीच बीमा सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ श्रेणीको माछापुछ्रे बैंक लि.र देशका विभिन्न स्थानमा ६७ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको आई.एम.ई.(IME) इन्स्योरेन्स क.लि. ले यो बीमा सम्झौताबाट ग्राहकले थप सहज ढंगबाट सेवा पाउने विश्वास लिइएको बताएका छन् ।
