ओम डेभलपमेण्ट बैंक लि. र राष्ट्रिय बीमा क.लि. बीच भयो बीमा सम्झौता

ओम डेभलपमेण्ट बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लि.वीच बीमा सम्झौता भएको छ । सो सम्झौतामा ओम डेभलपमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्याल वीच काठमाडौंको राम शाहपथ स्थित राष्ट्रिय बीमा कम्पनी लि. को कार्यालयमा सो बीमा सम्झौतामा हस्ताक्षर भएको हो । यो समाझौतिपछि ती दुबै पक्षले बाली बीमा तथा पशुपङ्क्षी बीमा कार्यक्रम सञ्चालन हुँदै गएपछि परनिर्भरतामा कमी आई देशको समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको बताएका छन् ।
ओम डेभलपमेण्ट बैंक लि. मा सुरक्षित बचत खाता खोल्ने ग्राहकको दुर्घटनामा परी निधन भएमा सम्बन्धित ग्राहकको हकवालालाई रु. ७ लाख बीमा बापतको रकम प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।