ललितपुर उद्योग वाणिज्य संघले यही चैत २७ गतेदेखि बैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने

ललितपुर उद्योग वाणिज्य संघले विगतका वर्षमा झैं यस वर्ष पनि यही २०७५ चैत २७ गतेदेखि २०७६ बैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । ललितपुरको न:टोलस्थित मदन स्मारक माध्यमिक विद्यालयको खुल्ला प्राङ्गडमा उप-राष्ट्रपति नन्दबहादुर पुनले  सो मेलाको चैत्र २७ गते एक समारोहका वीच उद्घाटन गर्ने कार्यक्रम रहेको सो संघले जनाएको छ ।  नेपालमा उत्पादन हुने विभिन्न हस्तकलाको सामग्रीहरु रहने बताइएको छ ।

विभिन्न कार्यक्रमहरु गरी यही चैत ४ गते  आफ्नो ५२औँ वार्षिक उत्सव मनाएको यो संघले  ललितपुरमा उत्पादित सामाग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचार , प्रसार तथा प्रवर्द्धन गर्ने उदेश्यले यो मेला आयोजना गरिएको आयोजकको भनाई छ । मेलामा एक सय वटा स्टल रहने छन् भने त्यसमा  चीन , भारत , पाकिस्तान , बंगलादेश लगायत विभिन्न देशहरुको ३० वटा  स्टल रहने  बताइएको छ ।

Leave a Reply