विप्लव नेतृत्वको नेकपाको बन्दले जनजीवन प्रभावित

नेपाल सरकारले आफू माथि लगाएको प्रतिबन्द र आफ्ना कार्यकर्तालाई गरेको गिरफ्तारी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दले जनजीवन प्रभावित भएको छ । छोटो दुरीका निजी तथा सार्वजनिक यातायातका साधनहरु फाट्टफुट्ट चले पनि लामो दुरीका सार्वजनिक यातायातका साधनहरु,  कलकारखाना तथा शिक्षण संस्थाहरु विहानैदेखि बन्द छन् । राजधानी तथा देशका कतिपय शहरी क्षेत्रका भित्री बजार फाट्टफुट्ट खुले पनि चोक आसपासका अधिकांश पसलहरु बन्द छन् । सडकमा यातायातका साधनको अभाव भएपछि धेरै मानिसहरु पैदलै हिडेर आ-आफ्नो गन्तव्यमा गरहेको देखिन्थ्यो। बन्दको मौका पारेर फाट्टफुट्ट चलेका टेम्पो , माइक्रोबस , ट्याक्सी लगायतले यात्रीसँग आफूखुशी मनोमानी भाडा लिइरहेको यात्रीहरुले गुनासो गरिरहेका छन् ।  हतियार सहित सो दलका नेता , कार्यकर्ता भेटिए फायर खोल्न सुरक्षाकर्मीहरुलाई आदेश दिइएको बताइएको छ। सोही कारण सो दलका नेता कार्यकर्ताहरु सडकमा देखिएका छैनन् ।राजधानी तथा देशका विभिन्न ठाउँमा विष्फोटक पद्धार्थ भेटिए पनि यसबेलासम्म कुनै अप्रिय घटना घटेको समाचार प्राप्त भएको छैन ।

यता सरकारले आफ्नो दल माथि प्रतिवन्ध लगाएको भन्ने कुरा हास्सपद भएको विप्लव नेतृत्वको नेकपाका नेताहरुको भनाई छ ।  आफूहरू आक्रमणमा नउत्रिने तर सरकारले आफूहरू माथि दमन गरे त्यसको प्रतिरोध गर्न आफूहरू सक्षम रहेको र चन्दा उठाउन पाउने आफ्नो सार्वभौम अधिकार भएको उहाँहरुको कथन छ ।

राज्य पक्षले नै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अनावश्यक हाइलाइट गरेको भन्दै सडकमा हिडिरहेका मानिसहरुले सरकारप्रति असन्तुष्टि व्यक्त गरेको पनि सुनिन्थ्यो ।

Leave a Reply