विप्लव नेकपा माथि सरकार आक्रामक , देश द्वन्दमा फस्ने खतरा !

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि वर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार आक्रामक बन्दै गएको छ । केही दिन अघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाएको वर्तमान सरकारले सो दलका नेता -कार्यकर्ताहरुलाई खोजी गरी प्रकाउ गर्ने अभियान चलाएको छ । जस अनुसार हिजो काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाबाट सो दलका पोलिट्व्युरो सदस्य मोहन कार्की सहित ४ जना नेता -कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ भने कपिलवस्तुमा पनि सो दलका केही कार्यकर्ता पक्राउ परेको अपुष्ट समाचार आइरहेका छ ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्धको घोषणा गरेसँगै सो दलले पनि २०६३ सालमा भएको शान्ति सम्झौता खारेज भएको घोषणा गरेको समाचार प्राप्त भएको छ । ओली सरकारले आफूमाथि आक्रामक बनेर कारवाही अगाडि बढाएपछि विप्लव नेतृत्वको नेकपाले लिने रणनीतिका बारेमा विभिन्न अपुष्ट समाचारहरु सोसियल मिडियाहरुमा छाइरहेका छन् तर सो दलको आधिकारिक धारणा भने प्राप्त भएको छैन ।
ओली सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीचको अन्तरविरोधले देश फेरि हिंसात्मक द्वन्दमा धकेलिको आंकलन गरिदैछ । जसले २०५२ सालदेखि २०६२ सालको वीचमा भएको हिंसात्मक द्वन्दको मार खेपका नागरिकहरुमा त्रास देखिन थालेको छ भने विगतमा सरकार र प्रतिपक्ष वीचको अन्तरविरोध फराकिलो बन्दा विदेशी हस्तक्षेप बढेको अनुभूति गरेका देशभक्तहरुले यो द्वन्दले देशमा विदेशिक हस्तक्षेप अरु बढ्ने खतरा महशुस गरिरहेको देखिन्छ । यता वाम वृत्तमा हिजोका प्रतिक्रियावादीहरुले वर्तमान सरकारलाई मतियार बनाएर तिनीहरुले ओली सरकारको काधमा बन्दुक राखेर परिवर्तनका पक्षधरहरु माथि पड्काउने दिशातिर गएको महशुस भइरहेको छ भन्ने आवाज पनि सुनिन्छ ।
यतिवेला नेपाली काँग्रेस , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माले) , नेकपा (क्रान्तिकारी माओवादी) लगायतका राजनीतिक दलहरु , तिनका जनवर्गीय तथा भातृ संघ/ संगठनहरु तथा नागरिक समाज लगायतले वर्तमान सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दम्भ छाडेर हिंसात्मक बाटोबाट नभई वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नु पर्नेमा जोड दिइरहेका छन् ।