साफ महिला च्याम्पियनसीप फुटवलको फाइनलमा नेपाल र भारत भिड्ने

विराटनगरको शहीद रंगशालामा जारी पाँचौँँ सार्क महिला च्याम्पियनसीप फुटवलको फाइनलमा नेपाल र डिफेन्डिङ्ग च्यापियन भारत भिढ्ने पक्का भएको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजीत गरेर र दोस्रो सेमिफाईनल खेलमा अघिल्लो संस्करणको विजेता भारतले उप-विजेता बंगलादेशलाई ४-० गोल अन्तरले पराजित गरेपछि नेपाल र भारत यही चैत्र ८ गते शुक्रबार हुने फाइनलमा भिड्ने पक्का भएको हो । ।
४१,७२ ,८१ र ८५औँ मिनेटमा क्रमश: पुनम जर्गामगर ,अनिता बस्नेत , सम्झना भण्डारी र रेखा पौडेलले गोल गरेका दिए ।
शुरुमा श्रीलंकाको रक्षा पङ्ती शसक्त भएको भएपनि त्यसलाई उसले अन्तिमसम्म कायम राख्न नसक्ता पहिलो हापमा १-० गोल अन्तरले पछि परेको श्रीलंकाले खेलको उतरार्धमा थप तीन गोल खाएको थियो । आजको खेलमा पटक -पटक हेड मार्फत गोल गर्न खोजेपनि सफल बन्न नसकेकी सम्झना भण्डारीले ७२औँ मिनेटमा हेड मार्फत नै गोल गरेकी थिइन् ।
त्यसैगरी भारत र बंगलादेश वीच भएको दोस्रो सेमीफाइनल खेलमा १५औँ मिनेटमा डालिमा छिब्बर , २१औँ र ३५औँ मिनेटमा इन्दुमती कायीरेशान र इन्जुरी समयको तीन मिनेटभित्र मनिषाले गोल गरी भारतलाई ४-० गोल अन्तरले विजयी गराई फानलमा पु-याउन सफल भएका हुन् । सो खेलमा फल गरेका कारण भारतीय मिडफिल्डरद्वय इन्दुमती र सञ्जु , फरवार्ड मनिषा र गोलकीपर अदिती चौहानलाई रेफ्रिले पहेलो कार्ड दिएका थिए । खेलको पहिलो हापको तुलनामा दोस्रो हापमा सुधारिएको खेल खेलेपनि गखेलाडीहरुबीच तालमेल हुन नसक्ता पटक-पटक भारतको गोल पोष्ट नजिक बल पु-याएर पनि बंगलादेशका खेलाडीहरु गोल गर्नबाट बञ्चित भएका थिए ।
यसैगरी नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले नेपाल र श्रीलंका वीच भएको पहिलो सेमिफाइनल खेलमा नेपाली खेलाडीहरुको प्रदर्शन सन्तोषजनक रहेको बताउनु भएको छ । नेपाल र श्रीलंका वीचको सेमीफाइनल खेल सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक खड्काले शुक्रवार हुने नेपाल र भारतवीच हुने फाइनल खेल नेपालले जित्ने बताउनुभयो ।
यस अघि सन् २०१६मा सम्पन्न चौथो सार्क महिला च्याम्पियनसीप फुटवलमा भारतले बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरी च्याम्पियन भएको थियो ।
जारी प्रतियोगितामा नेपाली राष्ट्रिय महिला बुटवल टोलीको प्रदर्शन हेर्दा जारी प्रतियोगितामा नेपाल च्याम्पियन बन्ने धेरैको आंकलन रहेको देखिन्छ ।