उत्साहपूर्वक मनाइदै छ होली पर्व

आज काठमाडौं उपत्यका सहित हिमाली तथा पहाडी क्षेत्रमा रङ्गहरुको पर्न फागु अर्थात होली धुमधामका साथ मनाइदैछ । साथी सङ्गी र आफन्तहरुवीच अर्कामा रंग दलेर शुभकामना आदान गरी यो मनाइदैछ । जथाभावी लोला हान्ने र कसैको इच्छा विपरीत रंग दलिएको पाइएमा त्यस्तो कार्यमा सम्लग्नलाई पक्रेर सार्वजनिक मुद्धा लगाउने सरकारले उद्घोष गरेर होला यस वर्षको फागु अर्थात होली पर्वमा अमर्यादित गतिविधि देखिएको छैन ।

फागु पुर्णिमाको दिन हिमाली तथा पहाडी क्षेत्रमा र त्यसको भोलिपल्ट अर्थात प्रतिपदाको दिन तराईमा होली पर्व मनाउने चलन छ । होली पर्वको अवसरमा काठमाडौं उपत्यका तथा पहाडी र हिमाली क्षेत्रमा आज सार्वजनिक विदा दिइएको छ ।
फागु अर्थात होली पर्वको पावन अवसरमा सहकारी सञ्जाल परिवारको तर्फबाट सबै महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply