प्राइम सहकारी संस्था लि.को आयोजनामा आँखा शिवीर सञ्चालन

प्राइम सहकारी संस्था लि. , पोखराले आफ्नो ९औँ वार्षिक उत्सवको अवसरमा आँखा शिवीर सञ्चालन गरेको छ । लेखनाथस्थित सो संस्थाको सेवा केन्द्रमा हिमालय आँखा अस्पताल , पोखराको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त आँखा शिवीरमा ३९१ जनाको आँखा परीक्षण गरिएको जानकारी प्राप्त भएको छ । आँखा शिवीरमा आएका आँखाको समस्या भएका विरामीलाई आवश्यकता अनुरुपको औषधि र चश्मा नि:शुल्क  वितरण गरेको त्यस संस्थाको सो सेवा  केन्द्रका प्रमुख सुनिल थापाको भनाई छ । सो आँखा शिविर सञ्चालन गरेकोमा पोखरा महानगरपालिका , २६ नं. वडाका अध्यक्ष नारायणप्रसाद बरालले खुशी व्यक्त गर्नु भएको थियो ।

Leave a Reply