दक्षिण बाराही महिला साकोसको स्थापना दिवस सम्पन्न , गरियो छाब्दीमा अवलोकन भ्रमण

भक्तपुरको सूर्यविनायक न.पा.-४ , दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न कार्यक्रम गरी आफ्नो २१औँ स्थापना दिवस मनाएको खबर प्राप्त भएको छ । यसै सन्दर्भमा सो संस्थाले तनहुँको छाब्दी बाराही मन्दिरमा दर्शन तथ अवलोकन भ्रमण गराएको छ ।
महिलाहरुले सञ्चालन गरेको र दधिकोट क्षेत्रमा राम्रो पहिचान बनाएको सो संस्था कि सञ्चालक सदस्य रमिला दवाडी ढुंगेलको नेतृत्वमा यही चैत्र १ गते संस्थाका ५७ जना सदस्यहरु त्यहाँ भ्रमणमा जानु भएको सो संस्थाकी प्रबन्धक दीपा क्षत्रीले बताउनुभयो ।
शान्त र रमणीय स्थलमा रहेको छाब्दी बाराही मन्दिरमा वली दिइएको पशु पङ्क्षीको रगत नजिकैको पोखरीमा पालेका माछालाई खुवाउने चलन रहेछ सो भ्रमण टोलीमा रहनु भएकी प्रवन्धक क्षत्रीको भनाई छ ।
गत माघमा पनि सो संस्थाकी उपाध्यक्ष पूजा थापाको नेतृत्वमा सो संस्थाका २९ जना सदस्यहरु त्यहाँ तीर्थ भ्रमणमा जानु भएको थियो । त्यसबेला छुटेका सदस्यहरुमध्ये ५७ जनालाई यस पटक सो भ्रमण लगिएको उहाँको कथन छ ।