साफ महिला च्याम्पियन फुटवलको उपाधि भारतको कब्जामा , नेपालको उपाधि जित्ने चाहना फेरि अधुरो

विराटनगरको शहीद मैदानमा शुक्रवार अपरान्ह ३:०० बजेबाट शुरु भएको पाँचौँ साफ महिला च्याम्पियनसिप बुटवलको उपाधि भारतले जितेको छ । जसका कारण नेपालको उपाधि जित्ने चाहना अधुरै बनेको छ । योसँगै नेपाल भारतसँग ४ पटक फाइनलमा पराजित भयो भने डिफेन्डिङ च्याम्पियन भारतले योसँगै पाँचौँ पटक उपाधि उचाल्यो । भारत र नेपाल वीचको खेलमा भारत ३-१ गोलले विजय भएको छ । पहिलो हापको खेल १-१ गोलको बराबरीमा सकिए पनि दोस्रो हापमा भारतले थप गोल गरी उपाधि जितेको थियो । पहिलो हापको तुलनामा दोस्रो हापमा नेपाली टोलीको प्रदर्शन कमजोर बनेको थियो । नेपाली रक्षा पङ्ती बलियो बन्न नसक्ता नेपाल उपाधि कव्जा गर्नबाट बञ्चित भएको थियो । खेलको २३ औँ मिनेटमा डालिमा छिब्बर , ६३ औँ मिनेटमा ग्रेस डाङ्मे र ७८औँ मिनेटमा अञ्जु तामाङले गोल गरे भने खेलको ३३औँ मिनेटमा नेपाली टोलीकी साबित्रा भण्डारीले नेपालका लागि गोल गरेकी थिइन् ।

जारी प्रतियोगितामा सावित्रा भण्डारीले ४ गोल गरिन् । दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिएकी भण्डारीले जारी प्रतियोगितामा नेपालले खेलेका ४ वटै खेलमा गोल गरेकी थिइन् । यस प्रतियोगितामा भारतकी इन्दुमतीले पनि ४ गोल गरेका थिइन् ।

सावित्रा भण्डारी र इन्दुमतीलाई उच्च गोलकर्ताको पुरस्कार प्रदान गरिएको थियो । फेयर प्लेयर टिमको उपाधी बंगलादेशलाई र उत्कृष्ट खेलाडीको पुरस्कार भारती डालिमा छिब्बरलाई प्रदान गरियो ।

Leave a Reply