युरोपियन च्याम्पियन्स लिग फुटवलको सेमीफाइनल समीकरण पूरा , बार्सिलोना र लिभरपुल भिड्ने

यूरोपियन च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल समिकरण पूरा भएको छ । जसमा बार्सिलोना , अजाक्स् , टोटनह्याम र लिभरपुल क्वाटर फाइनल अन्तर्गतका खेलहरुमा विजय भएर सेमीफाइनल पुगेका छन् । सेमिफाईनलमा स्पेनी ला लिगाको  लिग लीडर बार्सिलोना र इङ्लिस प्रिमियर लिगको मुख्य दाबेदार लिभरपुल तथा अजाक्स र टोटनह्याम बीच भिडन्त हुने पक्का भएको छ । जसका कारण युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको सेमीफाइनल चरणका खेलहरु रोमाञ्चक हुने खेल विश्लेषकहरुको भनाई छ ।

गए राती सम्पन्न पोर्टो र लिभरपुल बीचको खेलमा १-४ गोल अन्तरका साथ  लिभरपुल विजयी भएको छ । समग्रमा लिभरपुल ६-१ गोल अन्तरका साथ विजयी भयो । गत वर्ष पनि लिभरपुलले पोर्टोलाई  सो च्याम्पियन्स लिग फुटबलमा ५-१ गोल अन्तरका साथ पराजित गरेको थियो । त्यसैगरी गएराती नै भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर सिटी र टोनह्याम वीचको खेलमा ४-३ गोल अन्तरका साथ म्यान्चेस्टर सिटी  विजयी भएको थियो तर म्यान्चेस्टर सिटी र टोटनह्याम बीचको खेल समग्रमा ४-४ गोल भएपनि अबे गोलका आधारमा टोटनह्याम सेमिफाईनल पुगेको थियो । त्यसैगरी हिजो राती भएको बार्सिलोना र म्यान्चेस्टर युनाइटेड बीचको खेलमा ३-० गोल अन्तरका साथ बार्सिलोना बिजयी भयो । समग्रमा बार्सिलोना ४-० गोल अन्तरले बिजयी भएको थियो । बार्सिलोनाको जीतमा कप्तान लियोनल मेसीले २ गोल गरी युरोपियन  च्यापियन्स लिग फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा गोल गर्न नसकेको भनेर आलोचना गरिरहेका आलोचकहरुको मुखमा बुजो लगाई दिए ।  बार्सिलोनाको लागि फिलोपे कौटिनोले १ गोल गरेका थिए । त्यस्तै हिजो राती भएको अजाक्स र युभेन्टस बीचको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले हेड मार्फत आकर्षक गोल गरेपनि युभेन्टसलाई हारबाट जोगाउन सकेनन् । अन्तत: युभेन्टसको घरेलु मैदानमा अजाक्स २-१ गोल अन्तरले बिजयी भयो । सन् १९९७ पछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको अजाक्स समग्रमा ३-२ गोल अन्तरले बिजयी भयो । सो प्रतियोगिताको क्वाटरफाइनलमा युभेन्टसको लागि दुबै गोल रोनाल्डोले गरेका दिए ।

Leave a Reply