कोलमोतेश्वर साकोसले सहकारी दिवसमा कविता प्रतियोगिता गर्ने

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – ५ थलीमा आफ्नै भवनबाट कारोवार गरिरहेको कोलमोतेश्वर बचत तथा ऋण सहकारी संस्था लि. ले ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आउदो चैत २० गते कविता प्रतियोगिता गर्ने जनाएको छ । ११,६०० सदस्यहरु र काठमाडौंको गोठाटारमा सेवा केन्द्र सञ्चालन गरिरहेको सो संस्थाले आउदो चैत २६ गते हाजिरी जवाफ प्रतियोगिता पनि गर्ने बताएको छ ।
यही चैत ६ गते सो संस्थाले आफ्नो १५औँ वार्षिक उत्सव विभिन्न रचनात्मक गरी मनाएको छ ।
आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा यही चैत ५ गते कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । संस्थाका अध्यक्ष कुशश्री न्यौपानेको अध्यक्षता र सचिव कमला न्यौपानेको सञ्चालनमा सम्पन्न अन्तर्किया कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले यस कोलमोतेश्वर साकोसले छोटो समयमा गरेको प्रगति र यसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्र गरेको योगदानले आफू हर्षित भएको बताउनु भयो । समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको उहाँको भनाई थियो । त्यस अवसरमा कागेश्वरी मनहरा नगरपालिकाका उप-मेयर विन्दु सिंखडाले समाज रुपान्तरणमा यस कोलमोतेश्वर साकोसले गरिरहेको योगदानले आफूलाई हर्षित बनाएको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष कुशश्री न्यौपानेले सो संस्थाको गतिविधिको बारेमा अवगत गराउनु हुँदै जिरोबाट शुरु भएको हाम्रो यो कोलमोतेश्वर बचत तथा ऋण सहकारी संस्था लि. यसका सदस्यहरुको माया र आपसी सहयोगले यो आफ्नो नेतृत्वमा यहाँसम्म आइपुगेको बताउनुभयो ।
त्यस अवसरमा प्रमुख अतिथि थापाले केक काटेर वार्षिक उत्सव उद्घाटन गर्नु भएको थियो ।
वार्षिक उत्सवको अवसरमा सो संस्थाले लोक गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता पनि सम्पन्न गरेको थियो । सम्पन्न भई सकेका लोक गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता एवं यही चैत २० गत हुने कविता प्रतियोगिता र चैत २६ गते हुने हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई संस्थाको आगामी वार्षिक साधारणसभामा पुरस्कार प्रदान गरिने अध्यक्ष न्यौपानेको भनाई छ ।
सो संस्थाका सदस्यहरुले एक आपसमा होली खेलेर फागु पर्व समेत मनाएको सचिव कमला न्यौपानेको भनाई छ ।