सहकारी बैंकले धितोमा नभई सहकारी संस्थाको कारोवार हेरेर पुनर्कर्जा दिनुपर्छ

– अर्जुनबहादुर खड्का , प्रबन्धक , सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्था लि.
काठमाडौंको गोकर्णेश्वर नगरपालिका -१ , सुन्दरीजलमा अवस्थित सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्धक अर्जुनबहादुर खड्का त्यस भेगका पाका र अनुभवी सहकारीकर्मी हुनुहुन्छ । उहाँसँग सहकारी सञ्जालले सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधि लगायतका विषयमा छोटो कुराकानी गरेको छ । जो तल प्रस्तुत गरिएको छ ।
१. यतिबेला तपाईहरु के गर्दै हुनुहुन्छ ?
~ हाम्रो यस सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्था लि. को २०७५ असोज ६ गते सम्पन्न १३औँ वार्षिक साधारणसभाबाट पारित भएका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दैछौँ ।
२. यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप( बचत) , कर्जा लगानी र कूल कारोवार कति छ ?
~ गएको फागुन मसान्तसम्म यस संस्थाको शेयर सदस्य ७०० , शेयर पूँजी रु. १ करोड २८ लाख ८० हजार , निक्षेप संकलन( बचत )संकलन रु.१० करोड , कर्जा लगानी रु. ११ करोड ९१ लाख र कूल कारोवार रु. १४ करोड ३ लाख छ । हाम्रो यस संस्थाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिएको छ ।
३. तपाईहरुले के लाई फोकोस गर्नु भएको छ ?
~ हाम्रो बचत र ऋण कारोवार नै हो । हामीले विशेषत: व्यापारिक क्षेत्रमा लगानी गरेका छौँ । त्यसको अतिरिक्त भूकम्पले भत्काएका घर पूनर्निर्माण प्रयोजनमा पनि लगानी गरेका छौँ ।
४. कार्यक्षेत्रको आधारमा तपाईहरुको यो संस्था डिभिजन सहकारी कार्यालयबाट प्रदेशमा जाँदा कतिको काममा सहज भएको छ ?
~कार्यक्षेत्रको आधारमा हाम्रो यो संस्था प्रदेशमा गएको भएपनि हामी प्रदेशमा गई सकेका छैनौँँ । त्यहाँँ जाँँदा कसरी जाने भन्ने पनि हामीलाई राम्रो जानकारी छैन । प्रदेश वा स्थानीय तह , जहाँ जानु परे पनि हामी जान्छौँ तर नियामक निकायले हामीलाई जाने सहज वातावरण बनाई दिनु परो ।
५. कोपोमिस कार्यक्रम कस्तो लागिरहेको छ ?
~ कोपोमिस भन्ने सुनेका छौँ तर त्यसबारेमा हामीले थाहा नपाएको अवस्था छ ।
६. सहकारी कर्जा सूचना केन्द्रको बारेमा तपाईको धारणा के छ ?
~ सहकारी कर्जा सूचना केन्द्र अति आवश्यक छ । बैंकको कर्जा सूचना केन्द्र सञ्चालन भए जसरी नै सहकारी कर्जा सूचना केन्द्र चाडो सञ्चालनमा आवोस् ।
६. राष्ट्रिय सहकारी बैंकको बारेमा केही भन्नु छ कि ?
~ राष्ट्रिय सहकारी बैंक लि. ले धितोमा नभई सहकारी संस्थाको कारोवार हेरेर पुनर्कर्जा उपलव्ध गराउनुपर्छ । धितो लिएर त ऋण जुन बैंकले पनि उपलव्ध गराउछ नि ! यदि त्यस्तो हो भने अरु बैंक र सहकारी बैंक बीचमा फरक के ? यस बैंकको औचित्य के ?
७. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारीको विकास र प्रवर्द्धनको नीतिलाई ठिक ढंगबाट कार्यान्वयन गर्न सको भने मात्रै सहकारीको विकास हुने देखिन्छ । सहकारी राज्यको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बा मुखले भनेर मात्रै हुदैन ।