अपेक्षा बहुउद्देश्यीय सहकारीको विचारगोष्ठी सम्पन्न

ललितपुरको महालक्ष्मीस्थानमा रहेको अपेक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. को एक दिवसीय ‘सहकारी विचार गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम हिजो ललितपुरको बागमती गाउँपालिका – ३ भट्टेडाँडा राडर क्षेत्रमा सो संस्थाका अध्यक्ष नविन तिमिल्सिनको अध्यक्षतामा  सम्पन्न भयो । संस्थाका सचिव दिपकप्रसाद तिमिल्सिनाले सञ्चालन र कोषाध्यक्ष शेषानन्द तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा सो संस्थाका सञ्चालक समिति , लेखा समिति , उपसमितिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा छलफलको लागि कार्यपत्र प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष नविन तिमिल्सिनाले संस्थाको उद्देश्य अनुरुप कृषि , पर्यटन लगायतका बहुआयमिक अगाडि बढाउने विषयमा छलफल गर्ने यो सहकारी विचार गोष्ठि तथा अन्तर्क्रिया कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।  

कार्यपत्रमा संस्थाको सदस्यता बृद्धि , कारोवार बृद्धि लगायतका विषयबस्तु उल्लेख छ । कार्यपत्रमाथि सबै सहभागीहरुले आ-आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।

६ वर्ष अघि स्थापना भएको सो संस्थाको ललितपुर जिल्लाभरी कार्यक्षेत्र रहेको छ । त्यस संस्थामा शेयर सदस्यहरु ३१४ जना , शेयर पूँजी रु. १ करोड ५ लाख ६ हजार , निक्षेप रु. १ करोड ९७ लाख ३७ हजार ०१२/५५ , कर्जा लगानी रु. ३ करोड १९ लाख ४६ हजार ३ सय ६५ र कूल कारोवार रु. ४ करोड २ लाख ४८ हजार ६ सय ७४/०३ रहेको संस्थाको भनाई छ ।

Leave a Reply