सहकारी कर्जा सूचना केन्द्र सञ्चालनमा आएपछि सहकारी कर्जा जोखिममा कमी आउछ

0 Shares

राजेन्द्र पाण्डे , का.मु. प्रमुख कार्यकारी अधिकृत , नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. , त:ढोका , ललितपुर

 

ललितपुरको त:ढोकामा अबस्थित नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. का का.मु. प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पाण्डे अध्ययनशील , लगनशील, भद्र र सक्रिय सहकारीकर्मी हुनुहुन्छ । सबैसँग  राम्रो व्यबहार गर्न रुचाउने पाण्डेसँग सहकारी सञ्जालले कुराकानी गरेको छ । जो यस प्रकार छ ।

१. नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. को गतिविधि के छ ?

~ललितपुर जिल्लाभर कार्यक्षेत्र भएको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को २०७५ पुष २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाले तय गरेको नीति तथा कार्यक्रम हामी कार्यान्वयन गर्दैछौँ ।

२. तपाईहरुको यस संस्थाको शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ?

~ विगत ६ वर्षदेखि आफ्नै भवनबाट कारोवार सञ्चालन गरिरहेको यस संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको मितिसम्म शेयर पूँजी रु. १ करोड ५ लाख , निक्षेप संकलन रु. १४ करोड , कर्जा लगानी रु. ९ करोड र कूल कारोवार रु. १५ करोड रहेको छ ।

३. यस संस्थाले बचत तथा ऋण कारोवारको अतिरिक्त अरु के गर्दै छ ”

~हाम्रो यस संस्थाले बचत तथा ऋण कारोवारका अतिरिक्त  आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले रेमिट लगायतका सेवा उपलब्ध गराउदै छौँ । यस संस्थाको उद्देश्य अनुरुपका बहुआयमिक काम गर्ने लक्ष्यका साथ  हामी अगाडि बढिरहेका छौँ ।

४.  डिभिजन सहकारी कार्यारयबाट प्रदेश तहमा गएपछि तपाईहरुलाई काम गर्न कत्तिको सहज भा’छ ?

~हाम्रो यस संस्थाको नियमन ३ नं. प्रदेशले गरिरहेको छ । ३ नं. प्रदेशको सहकारी  मन्त्रालय र ऊ अन्तर्गतका कार्यालयहरुले हाम्रो काममा सहजता प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

५. कोपोमिस कस्तो लागिरहेको  छ ?

~हामीले कोपोमिसको युजर नेम र पासवर्ड लिई सकेका छौँ । अहिले हामी त्यसको प्रयोग गर्ने क्रममा छौँ । यसको प्रयोग भर्खरै शुरु गरेकाले केही असहजता महशुस भएको छ तर समय क्रममा यो सजिलो बन्छ भन्ने आशामा छौँ ।

६.सहकारी कर्जा सूचना केन्द्रबारे तपाईको धारणा के छ ?

~सहकारी कर्जा सूचना केन्द्र सहकारी संघ/ संस्था र सहकारीकर्मीहरुका लागि अति अपरिहार्य छ ।  जति सक्तो चाडो  यसको सञ्चालनमा होस् । सहकारी कर्जा सूचना केन्द्रको नीति कार्यान्वयनमा आएपछि सहकारीको कर्जा जोखिममा कमी आउने  छ ।

७. राष्ट्रिय सहकारी बैंक लि.सँगको यस संस्थाको कारोवार कस्तो  छ ?

~हामीले राष्ट्रिय सहकारी बैंक लि.सँग कारोवार गरिरहेका छौँ । समग्रमा राष्ट्रिय सहकारी बैंक लि.सँगको हाम्रो कारोवार सन्तोषजनक रहेको महशुस भइरहेको छ ।

८. अन्तमा केही भन्नु छ कि ?

~आउदै गरेको ६२औँ राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा सम्पूर्ण सहकारीकर्मी लगायत ददेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

Leave a Reply