राष्ट्रिय सहकारी दिवसमा नवयुवा साकोसले ग-यो विचार गोष्ठि

ललितपुर महानगरपालिका -२० , मिखाबहालमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा हिजो ६२औँ राष्ट्रिय सहकारी दिवसको
अवसरमा विचार गोष्ठि सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.का वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा सो गोष्ठि सम्पन्न भयो । ललितपुर महानगरपालिका वडा नं. २० भित्रका १७ वटा सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा १ महिना अगाडि निर्वाचित ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का
पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघ लि.का वरिष्ठ उपाध्यक्ष कँडेलले
श्रीलंका , दक्षिण कोरिया , क्यानडा लगायतका देशहरुको सहकारी गतिविधि उल्लेख गर्दै नेपालमा पनि सहकारी संस्थाहरुको एकतामा जोड दिनुभयो । सहकारी ऐन , २०७४ मा सहकारी अभियानका थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै उहाँले अब सहकारीमा संख्यात्मकतालाई छाडेर गुणात्मकतामा ध्यान दिनुपर्छ भन्नुभयो । अब एक हप्ता जतिमा सहकारी नियमावली जारी भएपछि सहकारी ऐन पूर्ण रुपमा कार्यानावयनमा जाने उहाँको कथन छ । सो अवसरमा बोल्दै नेफ्स्कुनका अध्यक्ष डी.बी. बस्नेतले
भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको डुव्लिकेशन रोक्ने , ५ वर्षभित्रमा अहिले भएका सहकारी संस्थाहरु मर्ज गरी आधा घटाउने उद्घोष गर्नु भएकोले सहकारी संस्थाहरु वीच एकताकाको लागि छलफल अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो । राष्ट्रिय सहकारी महासंघ लि.ले सहकारी ऐन , २०७४ शंसोधनका लागि सुझाव माग गरेकोले सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघ लि. , नेफ्स्कुन या सिधै भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सुझाव पठाउन सकिने बताउनुभयो । यो नवयुवा साकोस राम्रोसँग सञ्चालन भइरहेको उहाँको भनाई छ । त्यस अवसरमा बोल्दै जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले
कि त हामीले सहकारी ऐन पढ्न जानेनौँ , कि त सहकारी ऐन बनाउन जानेनौँ भन्दै राज्यले अवलम्वन गरेको लिवरल इकोनोमीको नीति र सहकारी ऐन , २०७४ बीच तालमेल नमिलेको बताउनुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले हिजोको भन्दा फरक ढंगले अगाडि बढ्ने उद्देश्यले आफ्ना सदस्य संस्थाहरुबाट राय सुझाव संकलन गरिरहेको बताउनुभयो । संस्थाका अध्यक्ष अशोक महर्जनले
सो कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै सहकारी ऐनको राम्रोसँग कार्यान्वयन होस् भन्ने हेतुले छलफलका लागि यो विचार गोष्ठि आयोजना गरिएको बताउनुभयो । संस्थाका उपाध्यक्ष रवि महर्जनले स्वागत र सचिव शान्त बज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा सो संस्थाले एक हप्ता अगाडि सञ्चालन गरेको कुसन तालिमका प्रशिक्षक श्री कृष्ण महर्जन र प्रशिक्षार्थीहरु रजनी डंगोल , अमिता महर्जन , अञ्जु महर्जन , लैला महर्जन , विना डंगोल , सविना डंगोल , उषा महर्जन , रीना व्यञजनकार , उषा महर्जन , मन्दिरा बज्राचार्य , ज्ञानी महर्जन , रमिता महर्जन , नानीशोभा बज्राचार्य , लिला महर्जन , मीरा अवाले , सानु महर्जन , अञ्जु महर्जन र मैया महर्जनलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।