सहकारीकर्मीहरुले मनाए ६२औँ राष्ट्रिय सहकारी दिवस

सहकारी क्षेत्रमा कार्यरत सहकारीकर्मीहरुले विभिन्न कार्यक्रमहरु गरी ६२औँ राष्ट्रिय सहकारी दिवस मनाएका छन् । सो दिवस अन्तर्गत चैत्र १३ गतेबाट विभिन्न कार्यक्रमहरु शुरु भएका थिए । यही आउदो चैत्र २५ गते ६२औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति , ललितपुरले महिला विचार गोष्ठि सम्पन्न गरेसँगै यो दिवस अन्तर्गतका औपचारिक कार्यक्रमहरु सकिने सहकारीकर्मीहरु बताउछन् । यो दिवसलाई सहकारीकर्मीहरुले उत्सवको रुपमा मनाए । देशका ७७ वटै जिल्लाका सबै नगरपालिकाहरु र सहकारी गतिविधि चलिरहेका गाउँपालिकाहरुमा यो दिवस भव्य रुपमा मनाइएको नेफ्स्कुनका अध्यक्ष डी.बी. बस्नेतको भनाई छ ।
यो दिवस अन्तर्गत चैत २० धेरै जसो जिल्ला सहकारी संघहरुले विहान प्रभातफेरी कार्यक्रम आयोजना गरेका दिए भने साँझ सहकारीकर्मीहरुले दीपावली गरेका दिए ।
जिल्ला सहकारी संघ लि. , काठमाडौंको आयोजनामा भएको प्रभातफेरि कार्यक्रममा सहभागी हुनु भएकी भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्याकुमारी अर्यालले जिल्ला सहकारी संघ लि. , काठभाडौंले प्रकाशन गरेको ‘ सहकारी दर्पण’ म्यागजिन विमोचन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले सहकारीमा डुव्लिकेशन हुन नदिने , सहकारी संस्था एकता प्रक्रिया अगाडि बढाई आउदो ५ वर्षभित्र आधा घटाउने , ५० करोडभन्दा माथि कारोवार गर्ने सहकारी संस्थाहरुको अनुगमन गर्ने छुट्टै सम्यन्त्र बनाउने बताउनु भएको थियो ।
यो सहकारी दिवस अन्तर्गत सरसफाई , रक्तदान , खेलकुद , कविता प्रतियोगिता , झोला , स्टेसनरी तथा खेलकुदका सामाग्री वितरण अन्तर्क्रिया , विचार गोष्ठि लगायतका रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका समाचार प्राप्त भएका छन् ।