नेफ्स्कुन ललितपुर फिल्ड कार्यालयको साकोस तालिम सम्पन्न

नेफ्स्कून फिल्ड कार्यालय ललितपुरको आयोजनामा ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्था लि.हरुका सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा यही चैत्र २४ गते सम्पन्न भयो । तालिममा ललितपुर जिल्लाका २९ वटा बचत तथा ऋण सहकारी संस्था लि.हरुबाट ३८ जना सो तालिममा सहभागी थिए।
दुई दिवसीय तालिममा बचत तथा ऋण सहकारी संस्था लि.हरुका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा अन्य उप-समितिहरुको गठन, सञ्चालक समितिले निर्वाह गर्नुपर्ने काम कर्तव्य तथा उत्तरदायित्व, आचारसहिता र जिम्मेवारी लगायतका विषयमा पहिलो दिनको कक्षा नेफ्स्कून श्रोत केन्द्र तथा शिक्षा तालिम उप- समिति सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि के.सी.ले सहजिकरण गर्नुभएको थियो भने दोस्रो दिनको पहिलो सत्रमा बचत तथा ऋण सहकारी संस्थथा लि. मा गुणस्तर विकास, बस्तु तथा सेवा विकासको सन्दर्भमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहजिकरण गर्नुभएको थियो । त्यसैगरी नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमल्सिनाले साकोसको रणनीतिक दिशा, संस्था विकासका क्षेत्र र सुधारका योजानाहरु, सञ्चालक समितिको बैठक र बैठक सञ्चालनका औजारहरु, सञ्चालक समितिले अनुगमन गर्नुपर्ने विषय र सामाग्री, सञ्चालक तथा व्यवस्थापनको सम्बन्ध लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले सञ्चालक समितिको भूमिका साकोस सञ्चालनमा महत्वपूर्ण हुने भएकोले यस तालिमवाट सिकेको ज्ञान र सीप राम्रोसँग व्यवहारमा कार्यान्वयन होस भन्ने कामना व्यक्त गर्दै सञ्चालक समितिले सहकारी संस्था प्रभावकारी ढंगबाट सञ्चालनका लागि नीति , विधि र प्रबिधिलाई ध्यान दिई दीगो साकोस अभियान स्थापित गर्न आ -आफ्नो ठाउँबाट सक्रियतापूर्वक लाग्नुपर्ने र साकोसलाई आवश्यक पर्ने विषय नेफ्स्कूनले प्रदान गर्ने जानकारी गराउनुभयो ।