नेफ्स्कुन न्युरोड फिल्ड कार्यालयको साकोस तालिम सम्पन्न

नेफ्स्कून न्यूरोड फिल्ड कार्यलयको आयोजनामा न्यूरोड क्षेत्रमा क्रियाशिल ३३ वटा बचत तथा ऋण सहकारी संस्था लि. हरुका अध्यक्ष एवम् व्यवस्थापकहरुको दुई दिवसीय साकोस नेतृत्व तथा कार्यकुशलता विकास तालिम भक्तपुरको नगरकोटमा यही चैत्र २३ गते सम्पन्न भयो ।
तालिम उद्घाटन समारोहमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेेेतको प्रमुुुख आतिथ्यता र नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष डी.बी.बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले साकोस अभियानलाई माथि उठाउन नियमनकारी निकायले अभियानकर्मीको रुपमा साकोसहरुलाई व्यवहार गर्नु पर्नेमा जोड दिनुभयो ।
कामनपाका सहकारी विभाग प्रमुख नमराज ढकालले आफू पनि सहकारी अभियन्ता भएकोले महानगरपालिकाको तर्फबाट सवैसँग समन्वय गरी अभियानलाई व्यवस्थित बनाउन लागि पर्ने बताउनु भयो ।
कार्यक्रमको दौरानमा हाँस्य कलाकार सीताराम कट्टेल ‘धुमुर्स’, सुबोध गौतम, मधुसुदन पाठक सहित लोक गायक सरोज लामिछानेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी संस्थाहरुबाट धुमुर्स सुन्तली फाउन्डेसनद्वारा  निमार्णाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशााला निर्माणको लागि सहयोग स्वरुप रु.३,८४,३३३। रुपैंया प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तालिम  सञ्चालन न्यूरोड फिल्ड ईन्चार्ज प्रकाश अधिकारीले गर्नु भएको थियो ।

Leave a Reply