तीन खेल अगावै बार्सिलोना बन्यो ला लिगा फुटबलको च्याम्पियन

0 Shares

स्पेनिस क्लव बार्सिलोनाले ३ खेल अगावै सन २०१८/१९ को सिजनको ला लिगा फुटबलको उपाधि जितेको छ । ३५ खेलबाट ८३ अंक जोडेको बार्सिलोनाको यो २६औँ उपाधि हो । गए राती घरेलु मैदान क्याम्प न्यूमा भएको लेभान्टेसँग भएको खेलमा बार्सिलोना १-० गोल अन्तरका साथ विजय भयो । पहिलो हाप गोल रहित बराबरीमा सकिए पनि दोस्रो हापमा मैदान छिरेका कप्तान लियोनल मेसीले ६२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । यो सिजनमा ३४ गोल गरेका मेसीले आठौँ पटक ला लिगाको उपाधि उचाले ।

समान खेल खेलेको एथ्लेटिको मड्रिडको ७४ अंक छ । गोल अन्तरका आधारमा ऊ बार्सिलोनाभन्दा धेरै पछि छ । जसले गर्दा उसको ला लागि उपाधि जित्ने सम्भावना सकिएको हो ।

बार्सिलोना स्पेनिस कोपा डेल रे कपको फाइनलमा पुगेको छ भने युरोपियन चायाम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ ।

यस अघि इटालियन क्लव युभेन्टसले इटालियन सिरिए कप जित्यो भन्यो फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मनले फ्रान्सेली कपको उपाधि हात पा-यो । त्यस्तै जर्मन क्लव वार्यन म्युनिकले जर्मन कप जितेको छ । यता इंग्लिस क्लव म्यान्चेष्टर सिटी र लिभुरपुल इंग्लिस कप हात पार्न दौडमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply