विभिन्न कार्यक्रम गर्दै रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को २२ औँ वार्षिक उत्सव मनाइदै

0 Shares

आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा काठमाडौंको बसुन्धरा-चौकीमा आफ्नै भवनबाट कारोवार सञ्चालन गरिरहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.ले साताव्यापी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसै क्रममा यही बैशाख ४ गते सो संस्थाको फर्पिङ सेवा केन्द्रको आयोजनामा दक्षिणकाली मन्दिर परिसर सरसफाई र शेषनारायणस्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न वितरण गरियो ।

सो वार्षिक उत्सवको अवसरमा उक्त संस्थाले  विभिन्न कार्यहरु सञ्चालन गरिरहेको जनाएको छ ।  विगत ३ वर्षदेखि त्यस संस्थाले यस प्रकारको कार्यक्रम गर्दै आएको छ  । यस खाले कार्यक्रम पहिला वार्षिक रुपमा  सञ्चालन गर्ने गरे पनि यतिबेेेला भने महिनामा एक पटक गर्ने गरिएको  संस्थाको कथन छ ।

Leave a Reply