चन्द्रागिरी साकोसको १८औँ स्थापना दिवस मनाइदै

0 Shares

काठमाडौंको  चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारीसंस्था लि. को  १८ औं  स्थापना दिवस भव्य रुपमा मनाइदै छ । आज  साँझमा सो संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले केक काटेर सो स्थापना दिवस उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा उक्त संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभिन्न उप- समितिहरु तथा कर्मचारीहरु लगायतको  उपस्थिति रहेको थियो ।  विगत १८ वर्षका गतिविधिहरुको स्मरण गर्दै यो  यो दिवस मनाइदैछ ।

वि.स. २०५८ साल बैशाख ६ गते ५८ जना व्यक्तिहरु मिलेर रु. ३ लाख ५८ हजार रकम संकलन गरी  डिभिजन सहकारी कार्यालय , काठमाडौंमा दर्ता गरी सञ्चालन शुरु भएको सो संस्थामा २०७५ चैत्र मसान्तसम्ममा ११ हजार ८ सय ५० जना सदस्य र रु. १ अर्ब ६१ करोडको सम्पत्ति पुगेको छ । संस्थामा हाल १२ प्रकारका बचत, १३ प्रकारका ऋण, १० प्रकारका सदस्य सामाजिक सुरक्षा तथा लाभका कार्यक्रमको साथै ४ प्रकारका अन्य सेवाहरु सञ्जालनमा रहेका छन् । ‘दिगो संस्था, सुखी र समृद्ध सदस्य’ भन्ने मूल नारा अंगिकार गरी आगामी ४ बर्षमा संस्थाले १९ हजार १ सय जना व्यक्तिहरुलाई आवद्ध गराई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने र रु. ४ अर्ब ६४ करोड पूँजपूँजी परिचालन गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा सुधार ल्याउने लक्ष्य लिएको सो संस्थाको भनाई छ ।

Leave a Reply