जिल्ला सहकारी संघ लि. , दोलखाको ३ दिने व्यवस्थापन तालिम आजबाट शुरु

जिल्ला सहकारी संघ लि. , दोलखाको आयोजनामा आजबाट ३ दिने लेखा व्यवस्थापन तालिम सुरुवात भएको छ । तालिममा दोलखाका जिल्लामा सञ्चालनमा रहेका २८ ओटा सहकारी संस्थाहरुका सञ्चालक, लेखा समिति तथा कर्मचारीहरुको  सहभागीता रहेको जनाइएको छ।  जिल्ला सहकारी संघ लि. , दोलखाका अध्यक्ष हेमन्त चौलागाइ को अध्यक्षता र सो संघका व्यवस्थापक अनिल दाहालको सञ्चालनमा भएको तालिममा मिलिजुली साकोसका व्यवस्थापक इश्वर न्यौपानेले सहजिकरण गर्नु भएको छ । 

Leave a Reply