आउदो जेठ १६-१८ मा नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय भेला गर्ने

0 Shares

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सो पार्टीको काठमाडौंको कपनमा रहेको केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्नुभयो । बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्नु हुदै वर्तमान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले कम्युनिष्ट पार्टीको बद्नाम र  नेपाली कम्युनिष्ट आन्दोलनको समाप्ती गर्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै संघीय संसदमा विचाधिन नागरिकता विधेयक गलत मक्सदका साथ  अगाडि बढेकाले त्यसको विरोध गर्नुभयो । उहाँले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन उपर सो पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी , सचिवालय सदस्य आर.वी. भण्डारी लगायतले धारणा राख्नु भएको र बैठक भोलि पुन: बस्ने सो पार्टीका केन्द्रीय समिति सदस्य अर्जुन कार्कीले सहकारी सञ्जाललाई बताउनुभयो ।आजको सो बैठकले २०७६ जेठ १६-१८ मा काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

Leave a Reply