नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकियो

0 Shares

हिजोबाट राजधानीमा चलिरहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठकले सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले पेश गर्नु भएको राजनीतिक प्रतिबेदन सुझावसहित पारित गरेको उक्त पार्टी स्रोतले जनाएको छ । बैठकले आउदो जेठ १६-१८ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेला व्यवस्थापनको लागि सो दलका सचिवालय सदस्य रत्नप्रसाद जोशीको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । सो समितिको सदस्यमा सो दलको केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्ट , राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु अर्जुन कार्की , प्रवीण मिश्र र दीपनारायण पाठक  रहेको बताइएको छ । बैठकले २०७६ बैशाख २७ गते ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकारका गलत क्रियाकलापको विरोधमा आयोजना गरेको विरोध कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो ठाउँबाट लाग्न पार्टीका मातहत समितिहरुलाई निर्देशन गरेको छ । त्यसैगरी उक्त बैठकले सो पार्टीको ३ नं. प्रदेशको सचिव पदमा केन्द्रीय समिति सदस्य अर्जुन कार्की र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य पदमा अनेवियूका नेता दीपनारायण पाठकलाई मनोनयन गरेको जनाइएको छ ।

Leave a Reply