आज १३०औँ अन्तर्राष्ट्रिय मई दिवस मनाइदै
आज १३३औँ अन्तर्राष्ट्रिय मई दिवस संसारभरका श्रमिकहरुले उत्सवको रुपया मनाइदै छन् । यो दिवस नेपालका श्रमिकहरुले पनि मनाइरहेका छन् । यो दिवसका दिन नेपालमा सरकारले सार्वजनिक विदा दिने गरेको छ ।
सन् १८८६ मा संयुक्त राज्य अमेरिकाको सिकागोका मजदुरहरुले ८ घण्टा काम , ८ घण्टा आराम र ८घण्टा मनोरञ्जनको माग राखेर वलिदानीपूर्ण संघर्ष गरेको सम्झनामा सना १८९० बाट यो दिवस मनाउने चलन शुरु भएको हो ।
यो दिवसको अवसलमा नेपाल ट्रेड युनियन महासंघ , नेपाल ट्रेड युनियन काँग्रेस , अखिल नेपाल ट्रेड युनियन लगायतका मजदुर संघ/ संगठनहरु आज विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाइरहेका छन् ।
यसैवीच ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियनका संयोजक कृष्णहरि भट्टले १३३ औँ मई दिवसको अवसरमा सहकारी सञ्जालसँग कुरा गर्दै चिया कारखानामा कार्यरत श्रमिकहरु लगायतका विभिन्न उद्योग तथा प्रतिष्ठानहरुका श्रमिकहरु जायज माग अविलम्व सम्बोधन गर्नु पर्ने बताउनुभयो । विभिन्न उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई सम्बन्धित उद्योग तथा प्रतिष्ठानहरुले काम अनुसारको तलव सुविधा नदिएकोले श्रमिकहरुको जीवन कष्टदायक रहेकोले उद्योग तथा प्रतिष्ठानहरुले श्रमिकहरुलाई कामको उचित तलव , सुविधा प्रदान गर्नु पर्नेमा उहाँको जोड थियो ।