युरोपियन च्याम्पिन्स लिगको पहिलो सेमिफाईनल खेलमा अजाक्स विजयी , बार्सिलोना र लिभरपुल बीचको खेल आज राती हुने

युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेल शुरु भएको छ । गए राती इंगलिस क्लव टोटनह्याम हड्सफोर्डको घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डको अजाक्सले १-० गोल अन्तरले टोटनह्याम हड्सफोर्डलाई हरायो । खेलको १५औँ मिनेटमा अजाक्सका भान डी.विकले गोल गरेका थिए । च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनलमा fस्पेनिस क्लव रियल म्याड्रिड र क्वाटर फाइनलमा क्रिस्टियानो रोनाल्डो रहेको इटालियन क्लव युभेन्टसलाई हराएर सेमिफाइनल पुगेको अजाक्सले गए रातीको खेलमा दमदार प्रदर्शन गरेको थियो । आफ्नै घरेलु मैदानमा हुने दोस्रो खेलमा पनि विजय हासिल गरेर अजाक्स फाइनलमा पुग्ने धेरैले अड्कल लगाएका छन् ।
यस्तै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल अन्तर्गत स्पेनिस क्लव बार्सिलोना र इंगलिस क्लव लिभर पुलबीचको पहिलो खेल आज राती बार्सिलोनाको घरेलु मैदान क्याम्प न्यूमा हुदैछ । ३ खेल अगावै स्पेनिस ला लिगा जितेको बार्सिलोना र इङ्लिस प्रिमियर लिग कब्जा गर्ने होडमा रहेको लिभरपुल बीचको आज राती हुने खेल रोमाञ्चक हुने खेल विश्लेषकहरुले आँकलन गरेका छन् ।