नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश गरिने

आज अपरान्ह ४ बजे नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको बैठकमा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्री बजेटकमा छलफल नभई नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आउन लागेकोमा असन्तुष्टि जनाएको छ । नेपाल सरकारका मन्त्रीहरुले भने नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदबाट पारित भएपछि प्री बजेट बारेमा छलफल गर्ने बताएका छन् ।
यो नीति तथा कार्यक्रममा जनपक्षीय कार्यक्रमहरु अगाडि बढाउनु पर्नेमा नागरिकहरुले जोड दिइरहेका छन् ।