युरोपियन च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल खेलमा बार्सिलोनाको जीत

युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गतको पहिलो चरणको दोस्रो खेलमा स्पेनिस क्लव बार्सिलोनाले इङ्ग्लिस क्लव लिभरपुललाई ३-० गोल अन्लेतर हराएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प न्यूमा गए राती भएको खेलको २६औँ मिनेटमा लुइस स्वारेज र ७५औँ र ८२औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गरेका थिए । यो जीतसँगै बार्सिलोनाको फाइनल प्रवेश सहज बनेको छ भने लिभुरपुलको अलि कठिन बनेको छ । खेलमा ५२ प्रतिशत हाराहारीमा बल नियन्त्रणमा राखेको लिभुरपुलले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । खेलको ८२औँ मिनेटमा फ्रि किक मार्फत आकर्षक गोल गरेको मेसीको फुटबल करिअरमा गोल संख्या ६०० पुगेको छ ।
युरोपियन च्याम्पियन्स लिगको सेमिबाइनलको पहिलो चरणको हिजो राती भएको पहिलो खेलमा नेदरल्याण्डको अजाक्स क्लवले इङ्ग्लिस क्लव टोटनह्याम हड्सफोर्डलाई १-० गोल अन्तरले हराएको थियो ।