आउदो बैशाख २७-२८ गते चरिकोटमा सहकारी सम्मेलन हुने

0 Shares

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा जिल्ला सहकारी संघ लि. , दोलखा र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा २०७६ बैशाख २७-२८ गते “सहकारी अभियानको आगामी कार्यदिशा , आर्थिक रुपान्तरणका लागि उद्यमशीलता” विषयक दुई दिवसीय बृहत सहकारी सम्मेलन हुन लागेको जानकारी दिइएको छ । बर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई स्थानीय सहकारीहरुको पहलमा योगदान गर्नका लागि सहकारीको समग्र विकासका साथै उद्यमशीलता मार्फत आर्थिक रुपान्तरणको दीर्घकालीन कार्यदिशा निर्धारण गर्ने मुख्य उदेश्यका साथ सो सम्मेलन गर्न लागिएको उक्त सहकारी सम्मेलन मूल आयोजक समिति संयोजक हेमन्त चौलागाईको भनाई छ । सहकारीले आगामी ३ वर्षभित्रमा रोजगारी सिर्जनामा ठोस योगदान पुग्न सक्ने कार्यक्रहरुमध्ये सहकारी आफैंले सञ्चालन गर्न सक्ने र स्थानीय तहहरुसँगको संयुक्त पहलमा पालिका स्तरमा सञ्चालन गर्न सकिने नमुना कार्यक्रमहरुको पहिचान गरी त्यस्ता कार्यक्रमको बारेमा छलफल समेत गरिने संयोजक चौलागाईको कथन छ । सम्मेलनमा १७७ ओटा सहकारी संघ/संस्थाका ४ सय जनाको सहभागिता रहने मूल आयोजक समितिले आइतवार चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले वैशाख २७ गते चरिकोटमा उक्त सम्ममेलनको समुद्घाटन हुने कार्यक्रम रहेको आयोजकको भनाई छ । जिल्लामा सहकारीको विकास , अवस्था, स्थानीय तहको भूमिका , प्रतिवद्धता, दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको कार्य योजना लगायतकका बारेमा पाँच  वटा कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
सम्मेलन सम्पन्न गर्न रु. २१ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको आयोजकको भनाई छ । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न हेमन्त चौलागाईको संयोजकत्वमा ४८ सदस्यीय  मूल आयोजक समिति गठन गरिएको बताइएको छ ।

दोलखा जिल्लामा यस खाले सम्मेलन पहिलो भएको बताइएको छ ।

 

Leave a Reply