भूमहीमा सहकारी कार्यशाला सम्पन्न

0 Shares

नवलपरासी  जिल्लाको बर्दघाटमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा यही बैैैशाख १४ गते नवलपरासी जिल्लाको सुस्ता पश्चिममा रहेको भूमहीमा पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम (PROBATION) नारायणी क्लष्टर तेस्रोको चौथो कार्यकुसलता तथा सिकाई व्यवस्थापन सम्बन्धी सहकारी कार्यशाला सम्पन्न भयो । सो कार्यशालाको उद्घाटन गर्नु हुदै  नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले  प्रोवेशन (PROBATION) कार्यक्रममा आवद्ध यस क्लष्टरमा रहेका हरेक संस्थाले शुसानमा सञ्चालन गर्नका लागि आफ्नो छिमेकमा रहेका अन्य सहकारी संस्थाहरुलाई पनि प्रोवेशन वा CURBS कार्यक्रम आवद्धताका लागि सहजिकरण गर्नुपर्ने जोड दिनुभयो ।
त्यस अवसरमा आयोजक संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डिकबहादुर पाण्डे क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यशालामा सो क्लष्टरमा आबद्ध ९ वटै  साकोसबाट साकोस प्रतिनिधिहरु र आयोजक साकोसका कर्मचारीहरु गरी ४६ जनाको सहभागिता रहेको आयोजकको भनाई छ । त्यस  त्यस अवसरमा ९ वटै साकोसहरुको वित्तीय प्रगति  प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त कार्ययशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

 

Leave a Reply