बन्यो लिभुरपुल युरोपियन च्याम्पियन्स लिगको उपाधि बिजेता

0 Shares

इङ्गिलिस क्लव लिभुरपुलले अर्को इङ्गिलिस क्लव टोटेनहायाम हर्डस्पोड्सलाई २-0 गोल अन्तरले पराजित गरी सन् २०१८/१९ को युरोपियन च्याम्पियन्स लिगको विजेता बनेको छ । गएराती भएको उपाधि भिडन्तमा लिभुरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत दोस्रो मिनेटमा र डिभोक ओगिरीले ८७ औँ मिनेटमा गोल गरेका दिए ।

खेल अवधिभरी टोटेनहायामले खेलमा दवाव कायम गरेपनि गोल भने गर्न नसक्ता लिभरपुल छैटोँ पटक उपाधी विजेता बनेको थियो । यस अघि स्पेनी क्लव बार्सिलोना र रियल म्याड्रिडको वरिपरि केही वर्षदेखि युरोपियन च्याम्पियन्स लिगको उपाधि घुमिरहेको थियो ।

युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनलमा इङ्गिलिस क्लाव लिभुरपुलले स्पेनी क्लव बार्सिलोनालाई र अर्को इङ्गिलिस क्लव टोटेनह्याम हर्डस्पोर्डले नेदरल्याण्डको क्लव अजाक्सलाई पराजित गरेको थियो । एक दशक पछि पहिलो पटक यो खेल सुपरस्टार लियोनल मेसी र क्रिष्टियानो रोनाल्डो विना नै सम्पन्न भएको थियो तर यस लिगको गोल्डेन बुट भने लियोनल मेसीले जितेका थिए ।

यसै बीच बार्सिलोनाका कप्तान लियोनल मेसीले आफ्नो क्लवको मूर्खताले बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनलमा पराजित भएको बताएका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता शुरु हुन लाग्दा उनले आफूले अर्जेनाटिनालाई उपाधि दिलाएर सन्यास लिने सोचाई रहेको बताए ।

Leave a Reply